बहाउल्लाह

मिर्जा हुसेन–अली, उपनाम बहाउल्लाह (ईश्वरको गौरव), मजिन्दारिन निवासी, जसको आगमनलाई बाबले भविष्यवाणी गरेका थिए । बहाउल्लाहले ईश्वरको नयाँ प्रकटिकरण मानवतालाई दिए । अज्ञानता र कट्टरताका ती शक्तिहरूले उनलाई आक्रमण गरे, तेहरानमा कैद गरियो, निर्वासन गरियो, सन् १८५२ मा, उनको जन्मभूमिबाट बग्दाद र त्यहाँबाट कन्स्टान्टिनोपल र एड्रियनोपल र अन्ततः जेल शहर अक्का जहाँ उनी कम्तिमा चौबीस वर्षसम्म कैदी रह्यो र जसको नजिक बहाजीमा उनको सन् १८९२ मा स्वर्गारोहण भयो । आफ्नो निर्वासनको क्रममा र विशेषगरी एड्रियानोपल र अक्कामा उनले आफ्नो व्यवस्थाको कानून र नियमहरू बनाए, एक सयभन्दा धेरै भोलुमहरूमा व्याख्या गरे । आफ्नो लेखनमा उनले मानव जीवनको दुवै आध्यात्मिक अनि भौतिक आयामलाई समेट्ने विश्व सभ्यता विकास गर्ने संरचना रेखाङ्कित गरे ।