सबै पृष्ठभूमिका मानिसहरू भेला भई प्रार्थना तथा ध्यान गर्न तथा ईश्वरको स्तुति गर्न मानिसहरू भेला हुने कुनै पनि ठाउँ मन्दिरझैं आशीर्वादित हुने कुरा बहाईहरू विश्वास राख्दछन् । बहाई धर्ममा कुनै पुजारी वा पुरोहित वर्ग नहुने हुँदा, आफ्नो समुदायको आध्यात्मिक संवर्धनका लागि सेवाको अभिभारा प्रत्येक व्यक्तिमाथि आइपर्ने गर्दछ र व्यक्ति अनि परिवारहरूले यो अभिभारा भक्तिपूर्ण प्रार्थना सभा आयोजना गरी पूरा गर्दछन् ।
नेपालका विभिन्न समाजहरूमा सामूहिक आराधनाका लागि प्रफुल्लित जमघट देखिन थालेका छन् । हजारौं हजार मानिसहरू विविध परिस्थितिबीच मासिक, साप्ताहिक वा दैनिक रूपमा प्रार्थना सभा गर्न, पवित्र ग्रन्थहरूको सार पढ्न र आफ्नो जीवनमा त्यसको प्रभावबारे परामर्श गर्नका लागि घरहरूमा भेला भइरहेका छन् । विभिन्न आयु, वर्ग अनि पृष्ठभूमिका यी मित्रहरूको सानो जमघटले, त्यहाँ संलग्न व्यक्तिहरूको आध्यात्मिक जीवन समृद्धि बनाउनको अतिरिक्त गाउँ–समाजमा समुदायको आध्यात्मिक बन्धनलाई अझ नजिकबाट बुन्न सघाउ पुर्याउँदछ।