मानवताले उमेर चढ्दै जाँदा रूपान्तरण गर्न आवश्यक सामाजिक अस्तित्वका अनेकौं पक्षमध्ये प्रवृत्ति, चिन्तनधारा तथा मानवताले सामना गरिरहेका आधारभूत विषयका अवधारणाहरू हुन्। रूपान्तरणको यस प्रक्रियामा चिन्तनधाराको त्यस स्तरसम्म योगदान पुर्याउनु यस कारण विश्वव्यापी रूपमा बहाई समुदायको अध्ययन एवं चिन्तनको मुख्य क्षेत्र हो। बहाई समुदायले सहभागी बन्न सिकिरहेका मानव हितसँग सम्बन्धित अनेकौं संवाद जस्तै महिला र पुरुषबीच समानता, शान्ति, सुशासन, जनस्वास्थ्य तथा विकास तीमध्ये केही हुन्।
बहाईहरू विश्वभरी सभ्यतालाई प्रगति पथमा अघि बढाउन तथा अन्य मन मिल्ने व्यक्ति एवं समूहबाट सिक्दै बहाउल्लाहका शिक्षालाई व्यवहारमा उतार्ने कोशिशमा आफूले सिकेका कुराहरू साझा गर्न आतुर छन्।