कुनै निश्चित छिमेक वा गाउँमा समुदाय विकासको प्रक्रिया बढ्दै जाँदा, त्यसमा संलग्न मित्रहरू त्यहाँका बासिन्दाहरूले झेलिरहेका सामाजिक अनि भौतिक समस्याहरूप्रति बढी आकर्षित हुने गर्दछन्। उनीहरूले बहाई धर्मका शिक्षामा केही अन्तरदृष्टि अनि सिद्धान्त पाउँदछन्, जुन त्यस्ता इलाकाले सामना गरिरहेका समस्याहरूलाई सम्बोधित गर्न प्रयोग गर्दछन्, जस्तै महिला एवं पुरुषबीच समानता, पर्यावरण, स्वास्थ्य, कृषि तथा शिक्षा आदि । त्यस्ता विषयबारे सचेतना जागेपछि, अध्ययन कक्षा, किशोर युवा समूहको माध्यमद्वारा साझा विचार भएका मित्रहरूको टोली विकास गरिन्छ र सामूहिकरुपले समुदायको बढी हितका लागि पहल शुरु गर्न थाल्दछ । अनौपचारिक प्रयास तथा सेवा परियोजनाहरू कहिले–काहिँ अनवरत पहल जस्तै शैक्षणिक कक्षा वा सामुदायिक स्कूल । यीमध्ये केही पछि गएर विकास सङ्गठन वा शैक्षणिक स्कूलहरूमा विकसित हुँदै अरू बढी औपचारिक बन्न पुगेका छन् ।
कोशिश अनि जटिलताको स्तरमा विविधता भए तापनि, त्यस्ता सामाजिक कार्य पहलमा, मानवतालाई आध्यात्मिक अनि भौतिक रूपमा प्रगति गर्न सहयोग पुर्याउने, न्यायको सिद्धान्त तथा मानवतामा एकात्मकताप्रति विश्वास, आफ्नो समुदायको समुन्नतिका लागि ज्ञानहरूको रचना एवं कार्यान्वयनमा सहभागी बन्न सबै मानिसको क्षमता विकासमाथि ध्यान, तथा परामर्श, अध्ययन, कार्य तथा समीक्षाको सिलसिलाद्वारा कार्यमार्फत सिक्ने गुणले युक्त समानता हुन्छ ।