विकेन्द्रिकृत शिक्षा प्रक्रियाको माध्यमद्वारा, देशभरी गाउँ अनि शहरका छर–छिमेकमा युवा अनि वयस्कहरूले समुदायको सेवा गर्न, बौद्धिक, नैतिक, आध्यात्मिक तथा व्यावहारिक क्षमता विकास गरिरहेका छन् । हरेक पुस्ताका युवाहरू केही विशेषताहरूले चिनिएका हुन्छन् र तिनीहरूका जीवनमा केही विशिष्ट शक्तिले आकार लिइरहेको हुन्छ ।
यूवाहरू विभिन्न उमेर र अनुभवका हुन्छन् । उनिहरूमध्ये धेरै त वस्यक अवस्थाका हुन्छन् र यिनीहरूले विद्यालय, सामुदायिक जीवनको माध्यमबाट वयस्कताका कर्तव्यहरूको तयारी गरिरहेका हुन्छन् । आफ्नो परिवारको अस्तित्वका संपूर्ण जिम्मेवारी उनीहरूमा आईसकेको हुन्छ ।
सामाजिक परिवेश जे जस्तोसुकै भएता पनिु, युवाहरूमा “मानवताको भाग्यमा योगदान पुर्याउने” कार्यको लागी आध्यात्मिक र बौद्धिक विकासको लागि केही गरौँ भन्ने आकांक्षा रहेको हुन्छ । युवाहरूमा विशेष क्षमता अन्तरनिहित हुन्छ र यिनीहरूलाई गलत मार्गनिर्देशन गरिएका, वा गलत तरिकाले परिचालन गएिको अवस्थामा, समाजलाई नै असर पार्न सक्ने भएकोले यिनीहरूलाई उचित तरिकाले मार्गनिर्देशन गराउनु आवश्यक रहेको छ । यिनीहरूलाई प्रशिक्षण प्रतिष्ठानका कार्यक्रमहरूमा संलग्न गराउँदा, यिनीहरू सेवाको मार्गमा हिँड्नसक्ने हुन्छन् । यस मार्गमा रहँदा उनीहरूले बहाउल्लाहका शिक्षाहरूलाई सामाजिक जीवनमा लागु गर्ने क्षमताको विकास गर्दछन् ।
समाजको निश्वार्थ सेवा गर्नाले दुवैको व्यक्तिगत विकास र समाजको उन्नति गर्ने क्षमता वृद्धिको सम्भावना हुन्छ । अब्दुल–बहाले यसबारे जोडदिएर भनेका छन् कि “मानवजातिका सेवा नै ईश्वरको सेवा हो” जो सेवाको लागि उठेका छन् उनले आग्रह गरेका छन् कि “तिमिलाई हेर्ने सबैले नै त्यसको प्रतिबिम्वबाट प्रज्ज्वलित नभएसम्म अधिराज्यको प्रेम र ज्योति तिमिहरूबाट फैलियोस् ।” आफ्ना प्रतिभाहरू र योगदानहरूलाई समाजको उन्नतिमा उपयोग गरेर, तिनीहरू “संसारको सृष्टिमा शान्तिको कारक बन्छन् ।” जब तिनीहरूले दिन प्रतिदिन आफ्ना कृयाकलापहरू उदारताको भवनाले भरिदिन्छन् तथा अरूको कल्याणको लागी स्वेच्छाले कार्य गर्दछन् तथा तिनीहरू ईश्वरको सहायता र सम्पुष्टितिर आकर्षित हुन्छन् ।
स्वभाबैले, शिक्षा, काम, फुर्सद, आध्यात्मिक जीवन तथा शारीरिक स्वास्थ्य जस्ता धेरै कुराहरूले उनीहरूको समय र उर्जा ओगटेको हुन्छ । सेवाको माध्यमबाट युवाहरूले एक यस्तो जीवनलाई अगाडी बढाउन सक्छन् कि जसमा जीवनका विभिन्न अवस्थाहरू एकअर्कोसंग पूरक हुन्छन् ।
युवाहरूले अरूकोसाथ पारस्परिक विचार–विमर्श –जस्तो कि परिवार, साथीहरूको समूह, विद्यालय, कार्य–स्थल, आम संचार समुदाय –र ती सामाजिक शक्तिहरूको पहिचान गरी मिलेर समाज विकासमा काम गर्दछन् ।
एउटा नयाँ समाजको निर्माण मानिसहरूको बढ्दो संख्याको सच्चा प्रयासहरूमा धेरै हदसम्म निर्भर गर्दछ, जो “एक जुट भएको कार्यको एउटा प्रभावकारी ढाँचासंग उनीहरूको व्यक्तिगत कार्य र सामूहिक प्रयत्नहरूलाई मिलाउनु पर्दछ । यस दृष्टिमा, अब हामी युवाहरू यस्तो योगदानको बारेमा विचार गर्नु पर्छ छिमेकी र गाउँहरू तथा यस्ता अन्य स्थानहरूमा जहाँ सामूहिक परिर्वतनमा आफ्नो क्षमता भूमिका निभाउनको लागी उत्सुक व्यक्तिहरू पाउन सकिन्छ । हाम्रो पिंढिद्वारा जीवन्त समुदायहरूको निर्माण गर्नको लागी दिन सकिन्छ
प्रत्येक क्लष्टरमा धेरै भन्दा धेरै मानिसहरूलाई संस्थान प्रकृयाको माध्यमबाट विकास गर्न, यस्तो जीवन्त स्थानीय समुदायहरूको निर्माण गर्नु जहाँ व्यक्ति , परिवार र संस्थाहरू मिलेर एउटा साझा उद्देश्यका लागि सिमाहरू भित्र र बाहिर रहने मानिसहरूको कल्याणका लागि कार्य गर्दछन् । यसरी एउटा नयाँ समाजको निर्माणको लागि बहाईहरू प्रयास गरिरहेका छन् ।
यस अध्ययन कक्षा समाजमा ब्याप्त विविध पृष्ठ भूमिका मानिसहरूलाई समान तहमा अघि बढ्न र व्यक्तिगत तथा सामूहिक जीवनमा बहाई सन्देशहरूको प्रयोगबारे अन्वेषण गर्न सक्षम बनाउने सबैको लागि खुल्ला राखिएको कक्षा हो । यस कक्षाका सहभागीहरू रूही प्रतिष्ठानले उपलब्ध गराएका पाठ्यक्रमलाई अध्ययन, अध्यापन र प्रयोग गर्छन् । चाहे ति आफु जहाँ सुकै रहने होउन् यस कक्षाका सहभागीहरू एउटा यस्तो पारस्परिक प्रकृयामा संलग्न भएका कुरा स्पष्ट बुझेका हुन्छन् कि जस्मा प्रत्येकले सिकिरहेका हुन्छन् सिक्ने दायित्व प्रत्येक सहभागीहरूमा निहित रहेको हुन्छ । सिकाईमा सक्रिय कार्य प्रत्येकले गर्छ । सहभागीहरूले अनुच्छेद तथा उद्धहरणबाट प्राप्त गरेको अन्तरदृष्टि, विचार, बुझाई, अवधारणा खुल्ला रूपले एक आपसमा आदानप्रदान गर्दछन् ।