विविध परिवेशमा आध्यात्मिक गुणका साथै विश्वास, आचार–व्यवहार तथा व्यक्तिलाई आध्यात्मिक रूपमा समृद्ध बनाउने विषयमाथि केन्द्रित गरी बाल–बालिकाका लागि आध्यात्मिक शिक्षाको कक्षा सञ्चालन गरिन्छ ।
प्रत्येक बालबालिकाहरू विशेष खालका हुन्छन् र प्रत्येक बालक ईश्वरको अदभुत सृष्टि हो । जसलाई विशेष खालका प्रतिभा र क्षमता दिईरहेका हुन्छन् । त्यसैले सबैसँग ईश्वर अवतारलाई चिन्ने र ईश्वर अवतारको कानुनको पालना गर्ने र आध्यात्मिक उन्नति गर्ने क्षमता रहेको हुन्छ ।
बहाई कक्षामा उनीहरूले आध्यात्मिक विकास गर्न सजिलैसँग सिक्न सक्दछन् । शुद्ध, पवित्र कार्यहरूतिर आकर्षित हुनुपर्छ भन्ने पनि जान्दछन् । जस्तो सत्य बोल्ने, इमान्दार हुने, न्यायी बन्ने आदि ।