बाल्य अवस्था र युवा अवस्थाको वीचको किशोरकिशोरीले तीब्र, शारीरिक, बौद्धिक र भावनात्मक परिवर्तनको अनुभव गर्दछन् । उनीहरूमा आध्यात्मिक शक्ति विकसित हुन्छ । जागरुकताको एउटा नयाँ स्तर उनीहरूको मनमा उठेको गहन प्रश्नहरूप्रति र उनीहरूको प्रतिभा एवं योग्यताहरू प्रति बढिरहेको रुचिलाई प्रोत्साहन मिल्दछ। तिनीहरूमा “अवलोकन गर्ने क्षमताहरू पनि विस्तृत र गहन ” हुन्छन् । अब्दुलबहाले भनेका छन् कि, तिनीहरूमा बौद्धिक क्षमताहरू पनि “प्रशिक्षित एवं जागृत” भएका हुन्छन् । यो तीन वर्षको छोटो र निर्णयात्मक अवधिमा व्यक्ति र समाजको बारेमा यस्तो विचारको निर्माण हुन्छ जुन लगभग पुर्ण रुपले उनीहरूका बाँकी जीवनलाई आकार प्रदान गर्दछ ।
किशोरकिशोरी आध्यात्मिक श–शक्तिकरण कार्यक्रम स्थानीय समुदायहरूमा स–साना समुहहरूमा १२ देखि १५ वर्ष उमेर समुहलाई आफ्नो नैतिक पहिचान शसक्त रुपमा स्थापना गर्न विभिन्न विचारहरू छलफल गर्ने कार्यक्रम हो । यसका लागि विभिन्न संघ संस्थाहरूद्वारा बिकसित गरेका पुस्तकहरू प्रयोगमा ल्याउँदछ । यी पुस्तकहरू सामान्यदेखि जटिल विषयबस्तु तर्फ क्रमशः बढ्दै जान्छ । पुस्तकहरू विशेष गरि भाषाको सिप र संचारको शक्ति बढाउनेमा केन्द्रित छ । पहिलो समुहका पुस्तकहरूले गणितका अवधारणाहरू र सामाजिक विषयहरू समेट्दछ भने दोस्रो समुहका पुस्तकहरूले युवाहरूमा वैज्ञानिक तवरले भौतिक, सामाजिक र आध्यात्मिक वास्तविकतालाई अन्वेषण गर्ने विधि अंगिकार गर्दछ । पहिलो समुहका सामाग्रीहरूमा नैतिक अवधारणाहरू बहाई शिक्षाहरूबाट लिएको भएता पनि तिनीहरू धार्मिक प्रकृतिका छैनन् वा बहाई विषयहरूलाई सम्बोधन गर्दैन धेरै संस्थाहरू जस्तै शैक्षिक संस्थाहरूले किशोरकिशोरीहरूका लागि आफ्नो शैक्षिक कार्यक्रममा समावेश गरिएका छन् ।