मानव जातिको कुलीनताप्रति पूर्ण प्रतिबद्धताका साथ, समाजको समुत्थानका लागि व्यक्तिभित्र अन्तरनिहित क्षमता अनि गुणहरू निर्बाध अनि योजनाबद्ध तरिकाले पृष्ठपोषण गर्न आवश्यक हुन्छ भन्ने बहाई अनुयायीहरू विश्वास गर्दछन्। शिक्षा त्यो प्रक्रिया हो जसले प्रत्येक व्यक्तिको विशाल सम्भावनालाई समाजको समुत्थानका लागि काममा ल्याउन सघाउ पुर्याउँदछ वास्तविक समृद्धिका लागि योगदान दिन, शिक्षाले मानव अस्तित्वको दुवै आध्यात्मिक तथा भौतिक आयामलाई संबोधित गर्नुपर्दछ ।
बहाई अनुयायी संलग्न रहेको समुदाय विकासका गतिविधिको केन्द्रमा, साझा हितका लागि आजीवन सेवाको निम्ति व्यक्तिको आध्यात्मिक तथा बौद्धिक क्षमता निर्माणतर्फ केन्द्रित शैक्षिक कार्यक्रमहरू छन् ।
शिक्षा सबैको लागि अति आवश्यक हुन्छ शिक्षाद्वारा नै मानिसले आफ्नो जीवनलाई अर्थपूर्ण बनाउन सक्छ । बहाउल्लाहले भने अनुसार शिक्षाको अर्थ केवल लेख्न र पढ्न जान्नु मात्र हैन शिक्षा आर्जन गरिसकेपछि उनीहरूले पछि गएर मानवजातिको सेवा गर्न सकुन् र त्यसका नागरिकहरूले आफ्नो प्रेम र सेवा सारा जगतको भलाइको निम्ति समर्पित गर्न सकुन् ।
विज्ञान र कलाको क्षेत्रमा दखल भएका मानिसहरूले संसारमा ठूलो स्थान पाउँछन् । यथार्थमा मानिसको वास्तविक सम्पत्ति नै उसको ज्ञान हो । ज्ञान नै सम्मान, सुख, समृद्धि, आनन्द, प्रशन्नता र उल्लासको साधन हो ।