शोघी एफेन्दी

अब्दुल–बहाद्वारा बहाई धर्मका संरक्षक नियुक्त गरिएका उनका ज्येष्ठ नाति शोघी एफेन्दीले, समस्त मानव जातिको विविधता प्रतिबिम्बित गर्ने गरी बढ्दै जाँदा, बहाई समुदायको एकताको योजनाबद्ध तरिकाले पृष्ठपोषण तथा गहन बुझाई सुदृढ बनाउन जीवनको छत्तीस वर्ष बिताए । शोघी एफेन्दीले धर्मपत्रहरूमा भएको धारणाको आधारमा उनले बहाई धर्मको विकासको श्रृंखलाबद्ध रूपमा एकपछि अर्का गर्दै स्पष्ट योजनाहरू बनाए र प्रत्येकमा समय, लक्ष्य, प्राथमिकतालाई समावेश गरिएको थियो ।

शोघी एफेन्दीले विशेष गरी बहाई प्रशासन प्रणालीको विकासलाई मुख्य जोड गरेका थिए । जुन प्रशासन प्रणालीका सिद्धान्तहरू र संरचनाहरूको रूपरेखाहरू बहाउल्लाहले बनाएका थिए । अर्को तर्फभने उनले आफ्नो शेषपछि एउटा यस्तो कर्तव्यनिष्ठ र समर्पित उत्तराधिकारीको नाम उल्लेख गर्नु थियो । शोघी एफेन्दीले आफ्नो कार्यकालमा सबैभन्दा पहिले समुदाय स्तरमा स्थानीय आध्यात्मिक सभाकाे विकास गरे । त्यसपछि आ–आफ्नो राष्ट्रको क्षेत्रमा पर्ने स्थानीय आध्यात्मिक सभाको संयोजन गर्नको लागि राष्ट्रिय आध्यात्मिक सभाका विकास गरे र अन्तमा अन्तराष्ट्रिय अंग विश्व न्याय गृहको निर्माण गरे ।