शिराज निवासी, मिर्जा अली–मुहम्मद, जसलाई बाब (द्वार) भनेर चिनिन्छ, उनी मे, १८४४ मा, पच्चिस वर्षको उमेरमा आफू अग्रदूत भएको दाबीलाई अगाडि बढाउनु भयो, जसले अघिल्लो युगका पवित्र धर्मशास्त्रहरू अनुसार, घोषणा गर्न र आफूभन्दा महान् अवतार आगमनको लागि मार्ग तयार गर्न आवश्यक छ, जसको उद्देश्य उही धर्मशास्त्र अनुसार उद्घाटन गर्नको लागि हुनेछ, धार्मिकता र शान्तिको युग, एक युग जुन पहिलेका सबै व्यवस्थाहरूको समापनको रूपमा स्वागत गरिनेछ, र मानवजातिको धार्मिक इतिहासमा नयाँ चक्रको सुरुवात हुनेछ । उनकाे जन्मभूमिमा राज्यका संगठित सेनाहरूद्वारा सुरु गरिएको द्रुत र गम्भिर उत्पीडनले क्रमशः उनको गिरफ्तारी, अजरबैजानका पहाडहरूमा उनको निर्वासन, माह–कू र चिहरिकका किल्लाहरूमा उनको कारावास र जुलाई १८५० मा ताब्रिजको सार्वजनिक चोकमा एक शैनिक टुकडीद्वारा मृत्युदण्ड दिइयो । उनका कम्तिमा बीस हजार अनुयायीहरूलाई यत्तिको बर्बर क्रुरताकासाथ मारिएको थियो