बहाउल्लाहका जेष्ठ सुपुत्र, अब्बास एफेन्दी, अब्दुल–बहा (बहाको सेवक) भनेर चिनिन्छन्, बहाउल्लाहद्वारा उनको कानूनको उत्तराधिकारी र उनका शिक्षाहरूकाे आधिकारिक व्याख्याकारको रूपमा नियुक्त भयो जो बाल्यकालदेखि नै उनको बुबासँग घनिष्ट सम्बन्धमा रहे र आफ्नो निर्वासन र कष्टहरूमा सन् १९०८ सम्म साझेदार भयो । हाइफामा आफ्नो निवास स्थापना गरेर उनले इजिप्ट, युरोप र उत्तरी अमेरिकाको आफ्नो तीन वर्षको यात्रा सुरु गर्याे, जसको क्रममा उनले विशाल श्रोताहरूका सामु आफ्नो पिताका शिक्षाहरूको व्याख्या गरे । सन्१९२१ मा उनको स्वर्गारोहण भयो ।