मिति २०८२–०३–१४ गतेका दिन ललितपुर क्लष्टरको समिक्षा भेला बहाई शिक्षक तालिम केन्द्रको भवन ठेचोमा सम्पन्न भएको छ । उक्त भेलामा ३८ जनाको सहभागिता रहेको थियो । जसमा ललितपुर जिल्लामा रहेका ललितपुर महानगरपालिका समुदाय, महालक्ष्मी समुदाय, गोदावरी नगरपालिका समुदाय र काठमाडौंको कपन समुदाय पाहुनाको रुपमा सो समिक्षा भेलामा सहभागी भएका थिए । सबै समुदायले आ–आफ्नो समुदायमा भैरहेको गतिविधिको बारेमा प्रप्तुत गरेका थिए ।