नेपालमा बहाई धर्मको इतिहास

नेपालमा सबभन्दा पहिले बहाई धर्मबारे चर्चा गर्ने बझाङ्गका राजा जय पृथ्वी बहादुर सिंह हुन् । बहाई विश्व भोल्युम IX, पृष्ठ 585-587 उनकै शब्दमाः “१९२९ वा त्यसभन्दा केही वर्ष पहिले, मैले बहाउल्लाहको नाम र बहाई धर्मको बारेमा सुनेको थिएँ । जब म जातजाति, राष्ट्रहरू र व्यक्ति व्यक्तिबीच शान्ति र एकतालाई अगाडि बढाउन मानववादको पद्धति विषयमा बोल्नको लागि युरोपको भ्रमणमा निस्केँ, त्यस बेला एकपटक म फेरि बहाउल्लाह र उनको शिक्षाहरूप्रति आकर्षित भएँ । यस विषयमा मेरा मित्र लेडी ब्लुमफिल्डले पुस्तकहरू दिनु भएको थियो । त्यसपछि १९३३ मा धर्महरूको दोस्रो “पार्लियामेन्ट” अथवा धर्महरूको विश्व “फेलोशिप” को सम्मेलन संयुक्त राज्य अमेरिका स्थित शिकागो शहरमा सम्पन्न भएको थियो । उच्च आदर्शहरू र पारस्परिक समझदारी सदभावना, आपसी सहयोग, शान्ति र प्रगतिको लागि यो एउटा यस्तो सम्मेलन…




नेपालमा बहाई प्रशासनिक व्यवस्था

“... यो अद्वितीय र अद्भूत व्यवस्थाले मानवजातिको व्यवस्थित जीवनमा क्रान्तिकारी परिवर्तन ल्याएको छ, यस्तो परिवर्तन मानिसको नश्वर आँखाले आजसम्म देखेको थिएन ।” – बहाउल्लाह

नेपालमा पहिलो बहाई समुदाय त्यसवेला बन्यो जुनबेला सिक्किमबाट केदार प्रधान नेपालमा आए । उनी १९५६ मा नेपाल प्रवेश गरे र केही महिना काठमाडौं उपत्यकामा बसे । उनले थुप्रै भेलाहरू आयोजना गरे र त्यस अवधिमा केही व्यक्तिहरूले बहाई धर्म स्वीकारे । १९५७ मा ती शुरु शुरुका बहाईहरूले एउटा अस्थायी प्रशासनिक समिति गठन गरे। तर, १९५८ मा काठमाडाैमा पहिलो स्थानीय आध्यात्मिक सभा गठन भयो र औपचारिक रुपमा त्यस्को कार्यालय पनि नयाँ सडकमा खोलियो । त्यो पहिलो स्थानीय आध्यात्मिक सभाको प्रतिष्ठापनमा नेपालको विख्यात लेखक तथा कवि बालकृष्ण सम प्रमुख अतिथिको रुपमा उपस्थित थिए…






बहाई मान्यताहरू

"... यी पवित्र अवतारहरू, यस विश्वमा बसन्त ऋतु आए जस्तै हुन् ... कारण प्रत्येक बसन्त नयाँ रचनाको समय हुन्छ ..."
— अब्दुल–बहा

बहाई धर्म दुई अवतारहरू – बाब तथा बहाउल्लाहलाई सुम्पिएको लक्ष्यबाट शुरु भएको हो । आज, उनीहरूद्वारा प्रतिपादित धर्मको एकता, बहाउल्लाद्वारा दिइएका स्पष्ट प्रवचनबाट प्रस्फुटित भएका हुन्, जुन मार्गदर्शन उनले दिए अनुरूप अनवरत जारी छ । संविदाका रूपमा उल्लेखित उक्त उत्तराधिकार, बहाउल्लाहद्वारा आदेश गरिए अनुरूप बहाउल्लाहबाट उनका पुत्र “अब्दुल–बहा” अनि अब्दुल–बहाबाट उनका नाति शोघी एफेन्दी र यसपछि विश्व न्याय मन्दिरमा निहित छ । बहाई अनुयायीले बाब अनि बहाउल्लाह तथा यसरी नियुक्त गरिएका ती उत्तराधिकारीहरूका दिव्य आज्ञा स्वीकार गर्दछन्।

मानव एकता बहाई धर्मको केन्द्रविन्दु हो । यसै केन्द्रविन्दुबाट बहाई धर्मका अन्य शिक्षाहरूको विकास हुन्छ । यस सिद्धान्तलाई प्रयोगमा ल्याउन भातृत्वको भावनाको विकास गरेर मात्र पुग्दैन, यसको लागि एकता स्थापना गर्ने प्रयास आवश्यक हुन्छ । जुनबेला एकताको सिद्धान्तलाई व्यवहारमा ल्याइन्छ त्यसबेला विश्वका सबै संरचनामा परिवर्तन आउँछ । तर, मानव एकताको लागि सबै किसिमका पूर्वाग्रहलाई त्याग गर्नु पर्दछ । कुनै पनि व्यक्तिको रंग, राष्ट्रियता, धर्म, सम्पत्ति र आर्थिक स्थितिको आधारमा निर्णय गर्नु पनि पूर्वाग्रह हो । बहाउल्लाहले भन्नुहुन्छ, “के तिमीहरूलाई थाहा छैन हामीले किन तिमीहरू सबैलाई एउटै माटोबाट सृष्टि गरेका हौं ? त्यसो किन गरेका हौं भने कसैले पनि आफूलाई अरूभन्दा माथि नउकालोस् ।” बहाई धर्मले ईश्वरको एकतालाई समर्थन गर्दछ, उनका अवतारहरूको एकतालाई मान्यता दिन्छ र सम्पूर्ण मानवजातिको एकता र पूर्णताको…


समुदाय निर्माण

"...सचेतपूर्वक यस सामुहिक उद्देश्य पछ्याउने समाज निर्माण गर्ने कार्य यो पुस्ताको मात्र नभई आगामी कयौं पुस्ताको हो, र बहाउल्लाहका अनुयायीहरूले उनीहरूलाई साथ दिने सबैलाई स्वागत गर्दछन् ।” – विश्व न्याय गृह

जुन नयाँ सभ्यतालाई प्राप्त गरेर हामी आफ्नो जीवनमा सुखी हुन चाहन्छौं, त्यो कहीं बाहिर छैन, त्यो त पहिलेदेखिनै हाम्रो हृदयभित्र पर्खिरहेको छ । जसरी एउटा बीउले मरूभुमिमा उम्रनको लागि पानी पर्खिरहेको हुन्छ र पानी पाउना साथ बीउ उम्रन सुरू गर्छ, ठीक त्यसरी नै नयाँ सभ्यताको निर्माण रूपी ज्ञान हाम्रो हृदयमा पुग्नासाथ हामीभित्रको त्यो नयाँ सभ्यताको निर्माण रूपी हरियाली आउन शुरू हुन्छ । त्यसैका लागि हाम्रो हृदय सधैं ब्याकुल छ ।

भौतिक सभ्यता भनेको दीपक जस्तै हो भने, जबकि आध्यात्मिक सभ्यता भनेको त्यसबाट निस्कने प्रकाश हो । जब भौतिक र आध्यात्मिक सभ्यताको संयोजन हुन्छ, तब हामीमा दीपक र प्रकाशको संयोजन हुन्छ र त्यसको नतिजा पनि पूर्ण हुन्छ ।

प्रत्येक अस्तित्वमय प्राणीको सम्मान तथा उन्नयन परिस्थितिको उद्देश्यमा निर्भर छ । पृथ्वीको श्रेष्ठता, श्रृंगार तथा वसंत ऋतुको बर्षाको बादलको बरदान स्वरूप झै हराभरा तथा उपार्जन हुनु हो । बिरूवा विकसित हुन्छन् । कोपिला तथा सुगन्धित जडि–बूटिहरू, फूल्छन्, फल्छन् र लहराउँछन् । फलदायी रूखबिरूवाहरू तरोताजा तथा नयाँ फल दिन थाल्दछन् । बगैंचाहरू सुन्दर हुन्छन् तथा मैदान श्रृंगारमय, पहाड, पर्वत र मैदानमा हरियाली छाउँछ । फूलवारी, खेत, गाउँ वा शहरमा वसन्त छाउँछ । यो सम्पूर्ण खनिज बिश्वको संम्पत्ति हो ।

यो स्पष्ट छ कि मानवजातीको सम्मान तथा उत्कर्ष भौतिक सुख सुविधा मात्र नभै अन्य कुराहरू हुनु अति आवश्यक छ । भौतिक सुख सुविधाको एउटा हाँगा मात्र हो, वास्तवमा मानवजातिको उत्कर्षको जरा ती उत्तम गुण तथा विशेषता हो, जो उसको वास्तविक गहना हो । यो दैवीय प्राकट्य, स्वर्गिय पारितोषित, उदात्त भावना, ईश्वरको प्रेम तथा ज्ञान, सार्वभौमिक बुद्धिमत्ता, दूरदर्शिता, वैज्ञानिक खोज, न्याय, समानता, सत्यपराणता, उदारता, प्राकृतिक साहस, तथा सहज सहनशीलता, समझौता तथा संविदा प्रति सम्मान, सबै किसिमको परिस्थितिमा सत्यको सेवा, सम्पूर्ण मानव जातिकाे भलाईको लागि जीवनकाे वलिदान, सबै राष्ट्रप्रति सम्मानको भाव, ईश्वरको आदेशप्रति आज्ञाकारिता, दैवीय साम्राज्यमा सेवा, जनताको मार्गदर्शक तथा राष्ट्र एवं मानिसको शिक्षण हो । यो नै मानव जगतको उत्कर्ष हो । यो शाश्वत जीवन तथा स्वर्गिक सम्मान हो ।

समुदाय निर्माणका चरणहरु

सय वर्षको प्रयासको झलक

नयाँ कार्यक्रमहरु